२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुडानमा शान्ति सैनिकको मृत्यु

संयुक्त राष्ट्रसंघ– सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।

राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए। गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए। अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन्।

उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ। आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ। सिन्ह्वा

प्रकाशित: १ श्रावण २०७६ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App