५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

राजस्थान र हैदरावाद भिड्दै, पुग्ला त राजस्थान प्ले अफमा?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराईजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुँदैछ।

हैदरावादमा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावादले हालसम्म जारी सिजनमा ९ खेल खेलेकोमा ५ मा जित हात पारेको छ। र, अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ। प्ले अफका लागि पछिल्ला म्याचहरू महत्त्वपूर्ण बन्दै जादा आजको खेलमा हैदरावाद जित निकाल्दै प्ले अफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ।

यस्तै सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थान जारी सिजनको सबैभन्दा बलियो टिम हो। हालसम्म ९ खेल खेलेको उसले १ खेल मात्रै गुमाएको छ भने ८ खेलमा जित हात पारेको छ। आजको खेलमा जित निकाल्दै राजस्थान प्ले अफमा पुग्ने पहिलो टोली बन्न चाहन्छ।

आजको खेलमा हैदरावादका ट्रेविस हेड, टी नारायणनन्, हेनरिक क्लासेन र क्पतान कमिन्समाथि नजर रहने छ भने राजस्थानका कप्तान सैमसन, युजवेन्द्र चहल, रियान पराज र ट्रेन्ट बोल्टमाथि पनि सबैको नजर रहने छ।

प्रकाशित: २० वैशाख २०८१ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App