१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा बस दुर्घटना, २९ जनाको मृत्यु

आगरा - भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २९ जनाको ज्यान गएको भारतीय संचारमाध्यम इन्डिया टुडेले जनाएको छ। यमुना एक्सप्रेस-वे बस नालीमा खस्दा उनीहरूको ज्यान गएको हो। त्यस्तै दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । इन्डिय टुडेका अनुसार लखनउबाट दिल्लीका लागि उक्त  बस  छुटेको थियो।

प्रहरीले सबै शव बाहिर निकाल्नुका साथै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका रहेकी छन् । सोमबार बिहान अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको देखिएकाे छ।

 

प्रकाशित: २३ असार २०७६ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App