६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मैले ओबामाको सबैभन्दा ठूलो डर अन्त्य गरिदिएँ : ट्रम्प

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको डर अन्त्य गरेको बताएका छन्।

अमेरिका र उत्तर कोरिया तितक्तापूर्ण सम्बन्धको ६५ वर्षे इतिहासमा पहिलोपटक मंगलबार सिंगापुरमा उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनसँग भेटेका ट्रम्पले बुधबार ट्वीटरमार्फत ओबामाको डर अन्त्य गरेको बताएका हुन्।

‘अब विश्वले सुरक्षित महसुस गरिरहेको छ किनकी उत्तर कोरियाको तर्फबाट अब परमाणु युद्धको धम्की आउने छैन्’, ट्रम्पले ट्वीट गरेका छन्। 

आफूले सिंगापुरमा किम जोङ उनसँग उत्कृष्ट भेटवार्तापछि अमेरिका फर्किएको बताउँदै भन्दै उनले यो एउटा लामो यात्रा थियो, अब विश्वले पहिलेभन्दा बढी सुरक्षित महसुस गरिरहेको दाबी गरे।

ट्रम्पले एउटा अर्काे ट्वीटमा भनेका छन्– ‘किमसँगको वार्ता सफल र सकारात्मक रह्यो। मैले जब राष्ट्रपति पदको सपथ लिए, तब सबैलाई लागेको थियो कि हामी उत्तर कोरियासँग युद्ध लड्नेछौं। पूर्व राष्ट्रपति ओबामाले भनेका थिए कि उत्तर कोरिया अमेरिकाको सबैभन्दा बढी खतरनाक समस्या हो। तर अब त्यस्तो छैन्, तपाई अब आनन्दले सुत्नुस।’ 

प्रकाशित: ३० जेष्ठ २०७५ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App