६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राहतकर्मीमाथि आक्रमण हुँदा ७ को मृत्यु, इजरायलले भन्यो ‘अनजान’ मा मारिए

गाजामा राहत सामग्री लिएर गएको टोलीमाथि आक्रमण हुँदा ७ जना मारिएका छन्। गाजाका युद्ध प्रभावितहरूलाई खाद्यान्न र पानी पुर्‍याएर सहयोग गर्दै आइरहेको संस्था वर्लड सेन्ट्रल किचनका कर्मचारीहरूमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ।

इजरायली सेनाले गरेको आक्रमण पछि वर्लड सेन्ट्रल किचनले गाजामा सहायता बन्द गरेको छ।

यता, इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनजानमा सहायताकर्मी मारिएको बताएका छन्।

उनले आफ्ना सशस्त्र बलबाट गाजामा भएको हवाई हमलामा ‘अनजान’ मा सात सहायताकर्मी मारिएको स्वीकार गरेका हुन्।

मारिनेमा सबै सात जना अमेरिकास्थित वर्ल्ड सेन्ट्रल किचन (डब्ल्युसिके) का लागि काम गर्दै आएका थिए।

डब्ल्युसिकेले साइप्रसबाट सामुद्रिक मार्ग हुँदै युद्धग्रस्त गाजामा खाद्य सहायता पुर्‍याउँदै आइरहेको थियो।

डब्ल्युसिकेका अनुसार मारिएका सात जना अस्टे«लिया, पोल्यान्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानाडाका दोहोरो नागरिक तथा प्यालेस्टिनी थिए। रासस

प्रकाशित: २१ चैत्र २०८० ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App