८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री शतयेहद्वारा पदबाट राजीनामा

प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री मोहम्मद शतयेहले राजीनामा दिएका छन्। गाजामा जारी युद्धकाबीच नयाँ सरकार गठनका लागि शतयेहले राजीनामा दिएको बताएका हुन्।

बीबीसीका अनुसार अमेरिकाले प्यालेस्टिनी प्राधिकरणमा सुधार गर्ने दबाब दिएपछि उनले राजीनामा दिएका हुन्।

अमेरिकाले युद्धपछि गाजामा राम्रो प्रशासनका लागि प्यालेस्टिनी प्राधिकरणमा सुधार गर्न आवश्यक रहेको बताएको छ।

प्यालेस्टिनी प्राधिकरणको गठन १९९० को दशकको मध्यमा भएको थियो।

प्रकाशित: १५ फाल्गुन २०८० १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App