५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युएनको एक संस्थालाई आर्थिक सहायता नगर्ने विश्वका ७ मुलुकको घोषणा

इजरायलको आरोप पछि विश्वका ७ मुलुकले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको युएनआरडब्ल्यूको आर्थिक सहायता रोकिदिएका छन्।

इजरायलले युएनआरडब्ल्यू नामक संस्थाका १२ कर्मचारीमाथि हमासका आतङ्ककारीसँग मिलेर अमेरिका लगायतका मुलुकले गत अक्टुर ७ मा आक्रमण गरेको आरोप लगाउँदै आएको छ। इजरायलको उक्त आरोप पछि अमेरिका, बेलायत, इटली, नेदरल्यान्ड, स्विटजरल्यान्ड र फिनल्यान्ड र अस्ट्रेलियाले राष्ट्र सङ्घको फन्ड रोकिदिएको हो।

इजरायलको उक्त आरोप पछि युएनआरडब्ल्यूले ती १२ जना कर्मचारीलाई बर्खास्त गरिदिएको छ।

युएनआरडब्ल्यूको स्थापना १९४८ को युद्धका शरणार्थीका मद्दतका लागि स्थापना गरिएको थियो। जसले गाजा, वेस्ट बैँक, जोर्डन, सिसिरया र लेबनानमा प्यालेस्टिनी नागरिकको स्वास्थ्य शिक्षाका लागि मद्दत गर्ने काम गर्दै आएको छ। तर, इजरायलको आरोप पछि युएनआरडब्ल्यूलाई दिँदै आएको आर्थिक सहायता ती ७ मुलुकले रोकिदिएका हुन्।

युएनआरडब्ल्यूको फन्ड रोकिदिए पछि संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले फन्डलाई निरन्तरता दिन आग्रह गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय अदालतले शुक्रवार इजरायलले द्वन्द्वमा नरसंहारका सम्भावित गतिविधि रोक्न र गाजामा थप सहायताका लागि अनुमति दिनुपर्ने फैसला सुनाएपछि इजरायल र युएनआरडब्लुएबीच विवाद उत्पन्न भएको हो।

प्रकाशित: १४ माघ २०८० ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App