६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका दुवै सदनका गरी ७८ सांसद निलम्बित

भारतको दुबै सदनका गरी ७८ जना सांसदलाई निलम्बित गरिएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतको लोकसभा र राज्यसभाका गरी ७८ जना सांसदलाई सोमवार निलम्बन गरिएको हो।

संसदको शीतकालीन सत्रको कारबाहीमा अवरोध गरेको भन्दै उनीहरूलाई निलम्बन गरिएको बताइएको छ।

निलम्बित हुनेमा विपक्षी दलका सबै सांसद रहेका छन्। जसमा काँग्रेस नेता अधीर रञ्जन चौधरी, डीएमके सांसद टीआर बालू, टीएमसीका सौगत रोय लगायतका रहेका छन्।

लोकसभाका सभामुख ओम बिरलाले ३३ जना सांसदनलाई निलम्बन गरेका छन् भने राज्यसभाका सभामुख जगदीप धनखडले ४५ जना सांसदलाई निलम्बित गरेका हुन्। योसँगै हालसम्म जारी शितकालिन सत्रमा ९२ जना सांसद निलम्बनमा परिसकेका छन्।

यसअघि पहिलोपटक १९८९ मा ६३ जना सांसदलाई निलम्बन गरिएको थियो।

प्रकाशित: ३ पुस २०८० ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App