५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको गान्सुमा ६.२ रेक्टर स्केलको भूकम्प, १११ जनाको मृत्यु

फाइल तस्बिर

चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ। समाचार संस्था सीएनएनका अनुसार २२० जनाभन्दा बढी घाइते भएका छन्। सोमवार अवेर राति ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको चीनस्थित भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

स्थानीय समय अनुसार राति ११ः५९ बजे उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। 

भूकम्पका कारण सबैभन्दा धेरै क्षति काउन्टि, डियाओजी र किङ्घईमा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पमा फसेकाहरूको उद्धार कार्य अझै जारी छ।  

प्रकाशित: ३ पुस २०८० ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App