१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डकी प्रधानमन्त्री गर्भवती भएपछि ६ हप्ता बिदामा

न्युजिल्याण्ड – न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्दर्नले शुक्रबार आफू गर्भवती भएको घोषणा गरेकी छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आगामी जुन महिनामा पहिलो शिशुलाई जन्म दिनेछिन।

गर्भवती भएपछि ३७ वर्षीया अर्दर्नले ६ हप्ता विदा लिएर घरमै पति क्लार्क गैयफोर्डसँग बस्ने योजना बनाएकी छन।

‘हामी दुई वास्तवमै खुसी छौं, हामी एक परिवार चाहन्थ्यौं। तर हामीलाई विश्वास थिएन की हामी यति छिटै अभिभावक बन्नेछौं, यो क्षण अनपेक्षित तर रोमाञ्चक छ’, शुक्रबार पतिसँगै उपस्थित प्रधानमन्त्री अर्दर्नले आफ्नो निवास अगाडि सम्वाददाताहरुसँग भनिन्।

उनले विहीबार मात्रै उपप्रधानमन्त्री विन्स्टन पीटर्सलाई आफू गर्भवती भएको जानकारी गराउँदै आफू ६ हप्ता विदामा बस्ने र सो अवधिमा कार्यबाहकको जिम्मेवारी लिन आग्रह गरेकी छन्।

अर्दर्न प्रधानमन्त्री भएको बेला बच्चा जन्माउने दोस्रो निर्वाचित नेता बन्दैछिन्। ३० वर्षअघि १९९० मा पाकिस्तानकी प्रधानमन्त्री बेनजीर भुट्टोले छोरीलाई जन्म दिएकी थिइन्। सत्तामा छँदै शिशुलाई जन्म दिने भुट्टो संसारकै पहिलो निर्वाचित नेता हुन्।

अर्दर्न १८५६ यता न्युजिल्याण्डमा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्।

प्रकाशित: ५ माघ २०७४ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App