१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

देवी खुसी पार्न आफ्नै आमाको बली

नयाँ दिल्ली – भारतको पश्चिमी बंगालका एक युवकले देवीलाई खुसी पार्न भनि आफ्नै आमाको बली चढाएका छन् ।

पुरुलिया जिल्लाका ३५ वर्षीय नारायण महत्तोले तान्त्रिक देवीलाई खुसी पार्नका लागि आफ्नी आमाको हत्या गरेका हुन् ।  

अन्धविश्वासका कारण उनले आफ्नी ५५ वर्षीय आमाको हत्या गरेकाले हत्याको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई बयान दिने क्रममा उनले सधैँ जसो सपनामा तान्त्रिक देवीले सत्ताउने गरेको र उनलाई खुसी पार्न आमाको बली मागेको हुनाले आफूले देवी सामु आमाको बली दिएको बताए । 

उनले हत्यामा धारिलो हतियारको प्रयोग गरेको र हत्या लगत्तै आफ्ना दाजुको घर पुगेको स्वीकार गरेका छन् । छिमेकीहरूका अनुसार उनी विभिन्न प्रकारका तान्त्रिक क्रियाकलापमा लागेका थिए । उनले तान्त्रिक देवीलाई खुसी पार्नका लागि घरमा नै मन्दिर पनि बनाएका थिए भने तान्त्रिक विधा अध्ययन समेत गरेका थिए ।  

 

प्रकाशित: २८ चैत्र २०७३ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App