१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यौन विवादमा मुछिएपछि मन्त्रीद्वारा राजीनामा

नयाँ दिल्ली- एक महिलासँग फोनमा यौन संवाद गरेको विवरण सार्वजनिक भएपछि भारतको केरला राज्य सरकारका यातायात मन्त्री एके ससिन्›नले आइतबार राजीनामा दिएका छन्।

मन्त्री एके ससिन्द्रले एक महिलासँग फोनमा यौनिक संवाद गरेको अडियो स्थानीय मलायालम भाषाको समाचार च्यानल मंगलमले प्रशारण गरेको थियो। सार्वजनिक गरिएको उक्त अडियोमा ७१ वर्षीय मन्त्रीले एक महिलासँग अश्लील यौन संवाद गरेको सुनिन्छ।

महिलाले मन्त्रीसँग सहयोग मागेकी थिइन्। तर मन्त्रीले भने यौन संवाद गरेका थिए। समाचार च्यानलमा अडियो प्रसारण भएपछि पनि मन्त्री ससिन्›नले भने आफूले कुनै गल्ती नगरेको दावी गरेका छन्।

'आफूले कसैसँग पनि त्यसरी यौन संवाद गरेको सम्झना नरहेको बताउँदै ससिन्द्रले भने,'मैले आफ्नो र पार्टीको इज्जतको लागि राजीनामा दिएको हुँ। म निर्दोष सावित हुनेछु।' उनले यस विषयमा मुख्यमन्त्री पिनारायी भिजेनलाई घटनाको अनुसन्धान गर्न अनुरोध गरिसकेको पनि बताएका छन्।

प्रकाशित: १४ चैत्र २०७३ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App