१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोपेली युनियनको अध्यक्षमा पुनः डोनल्ड टुस्क

लण्डन– युरोपेली संघको अध्यक्षमा पुनः पोल्याडका डोनल्ड टुस्क निर्वाचित भएका छन्। तर, उनी निर्वाचित भएपछि युरोपेली संघमा विवाद देखिएको छ। पोल्याडले नै उनलाई निर्वाचित हुनबाट रोक्नका लागि मतदान ढिलो गराउने प्रस्ताव गरेको थियो। तर अन्य मुलुकहरुले उनको प्रस्ताव नमानेकाले उनी पुनः निर्वाचित भएका हुन्। 

उनको पक्षमा २७ मत खसेको थियो भने विपक्षमा १ मत मात्र खसेको थियो । उनले अब ३० महिनाको लागि आफ्नो कार्यभार सम्हाल्ने छन् । टुस्कले भने आफूलाई मतदान गरी विजय गराउने र महत्वपूर्ण जिम्मेवारी दिने सबै सदस्य राष्ट्रलाई धन्यवाद दिए।

“म तपाईहरुले दिनु भएको  मतको सदुपयोग गर्नेछु भन्दै कूनै पनि देशलाई भेदभावको दृष्टिले हेर्ने छैन र आफ्नो काम जिम्मेवारी पूर्ण ढंगबाट पुरा गर्नेछु,” उनले भने। 

पोल्याड सरकारले आफ्नो कार्यक्षेत्र बिर्सिएर उनको राजनीति जीवनमा हस्तक्षेप गरेको आरोप लगाउँदै उनले पोल्याण्ड सरकारको गतिविधिप्रति आलोचना समेत गरेका थिए । पोल्याण्डका पूर्व प्रधानमन्त्री समेत रहेका उनी हालका पोल्याण्डी प्रधानमन्त्री उनका विपक्षी दलका हुन्।

टुस्कसँगको राजनितीक दुश्मनीका कारणले नै पोल्याण्डी प्रधानमन्त्री बेएटा सिडोले  टुस्क पुनः यूरोपेली युनियनको अध्यक्ष भएकोमा आपत्ती जनाएको बताए। 

पोल्याण्डका प्रधानमन्त्री  सिडोले आफूले यूरोपियन यूनियनको अध्यक्षमा टुस्कलाई देख्न नचाहेको बताएकी छन्। यस्ता विषयमा  निर्णय गर्ने विशेषाधिकार पोल्याण्डी सरकारलाई  रहेको उनको भनाइ छ। पोल्याण्डको सहमती बिना टुस्क कुनै पनि हालतमा अध्यक्ष पदमा बहाल हुन नसक्ने उनको तर्क थियो।

 

प्रकाशित: २७ फाल्गुन २०७३ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App