६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प ट्विटको ओबामाका प्रवक्ताद्वारा खण्डन

वासिङेटन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई आफ्नो फोन टेप गरेको भनेर लगाएको आरोप पूरै गलत भएको ओबामाका प्रवक्ताले बताएका छन्।

पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियान भन्दा अगाडी न्यूयोर्कमा रहेको ट्रम्प टावरको फोन टेप गरेको भन्ने आरोपको ओबामाका प्रवक्ता केविन लुइसले खण्डन गरेका हुन्।

तत्कालिन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश नदिएको उनले दावी गरे।

ट्रम्पले श्रृङ्खलाबद्ध ट्विट गर्दै फोन टेप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती राष्ट्रपति खराब व्यक्ति भएको उल्लेख गरेका थिए। फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका बेला ट्रम्पले स्थानीय समयअनुसार शनिबार विहान श्रृङ्खलाबद्ध ट्वीट गरेका थिए ।

ओबामाका प्रवक्ता लुईसले विज्ञप्तिमा न्याय मन्त्रालयले स्वतन्त्र ढंगबाट गरेको अनुसन्धानमाथि हस्तक्षेप नगर्ने नियम ओबामा प्रशासनको थियो भनिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App