१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विषालु गन्ध फैलिएपछि ह्याम्बर्ग विमानस्थल बन्द

ह्याम्बर्ग— एक किसिमको विषालु गन्ध फैलिएपछि जर्मनीको ह्याम्बर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द गरिएको छ। उत्तरी जर्मनीको सो घटनाका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।

ह्यान्ड लगेज चेकिङ भइरहेका बेला केही यात्रुले फरक किसिमको गन्ध आएको गुनासो सुरक्षाकर्मी समक्ष गरेका थिए। केही आँखा दुःखेको गुनासो गर्न थालेपछि व्यवस्थापनले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो।

विमानस्थलमा अवतरणका लागि आएका जहाजहरु अन्यत्र डाइभर्ट भएका छन्।

ह्यान्ड लगेज चेकिङ भइरहेका बेला केही यात्रुले फरक किसिमको गन्ध आएको गुनासो सुरक्षाकर्मी समक्ष गरेका थिए। केही आँखा दुःखेको गुनासो गर्न थालेपछि व्यवस्थापनले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो।

गन्ध फैलिनुको कारण अझैसम्म थाहा हुन सकेको छैन। सुरक्षाकर्मीले विमानस्थल पुगेका यात्रुलाई उद्धार गरी बाहिर निकालेर घटनाको अनुसन्धान गरिरहेका छन्।

विमानस्थल बाहिर सयौं यात्रु अलपत्र गरेका छन्। उनीहरु विमानस्थल खुलेपछि गन्तव्यतर्फ जाने पर्खाइमा रहेको एएफपीले जनाएको छ।
 

प्रकाशित: १ फाल्गुन २०७३ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App