१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विरोधीलाई पेलेरै लाने मनस्थितिमा ट्रम्प

वासिङ्गटन डिसी –अदालतले मुस्लिम आप्रवासीलाई अमेरिका प्रवेश गर्न रोक नलगाउन भनेको आदेशका बाबजुत पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन आफ्नो निर्णयबाट पछि नहट्ने भएको छ।

‘मुस्लिम नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको भनेर संचारमाध्यमले गलत रुपमा प्रचार गरेको भन्दै सुरक्षित नीतिसहित अमेरिका प्रवेशको भिजा फेरि पनि जारी गरिने प्रक्रियामा छ,’ राष्ट्रपति ट्रम्पद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाका राष्ट्रपति ट्रम्पको गत शुक्रबारको कार्यकारी आदेशको चौतर्फी विरोध गरिएको छ । यसैबीच अमेरिकाका १६ राज्यका महान्यायधिवक्ताहरुले ट्रम्पको आदेश गैर संवैधानिक र गैर कानुनी भन्दै निन्दा गरेका छन् ।

कयौं संघिय न्यायाधिशहरुले भिजा लिइसकेकाहरुलाई देश फिर्ता गर्ने निर्णय माथि अस्थायी रुपमा रोक लगाएका छन्

संयुक्त विज्ञप्ति निकाल्दै १६ महान्यायाधिवक्ताले भने, ‘हामी यो गैर संवैधानिक आदेशका विरुद्ध कार्यालयका सम्पूर्ण शक्ति प्रयोग गर्नेछौं र जबसम्म यो आदेश फिर्ता लिइदैन हामी  यो अस्तव्यस्त अवस्थाबाट कम भन्दा कम मानिसले दुःख पाउन् भन्ने आश्वस्त पार्न चाहन्छौं ।

यसैगरी अमेरिकाका कयौं संघिय न्यायाधिशहरुले भिजा लिइसकेकाहरुलाई देश फिर्ता गर्ने निर्णय माथि अस्थायी रुपमा रोक लगाएका छन् ।

ट्रम्पको शुक्रबारको कार्यकारी आदेशपछि अमेरिकाले सञ्चालन गरिरहेको सम्पूर्ण शरणार्थी सम्बन्धी कार्यक्रम १२० दिनलाई रोकिएको छ भने सिरियाका शरणार्थीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध गरिएको छ र ७ मुस्लिम बाहुल्य रहेको मुलकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

शनिबारको प्रदर्शनलाई निरन्तरता दिदै आइतबार पनि ह्वाइट हाउस र न्युयोर्कको ट्रम्प टावर अगाडी प्रदर्शन भएका छन् ।

सबैभन्दा प्रभावित को ?

विश्वभरिका सम्पूर्ण शरणार्थीहरुलाई प्रतिबन्धका साथै इराक, इरान, लिविया, सोमलिया, सुडान, सिरिया र यमनका नागरिक वा दोहोरो नागरिकता भएका मानिस अमेरिका प्रवेशमा ९० दिने प्रतिबन्ध लागेको छ । यसले अमेरिकासँग संलग्न बेलायतलगायतका दोहोरो नागरिकताधारी नागरिकलाई पनि असर पर्ने बताइएको छ । क्यानडाले भने आफ्ना दोहोरो नागरिकताधारी नागरिकलाई असर नपर्ने बताइसकेतापनि  यसमा दोधार रहेको पनि बताइएको छ ।

बेलायतको विदेश विभागले विज्ञप्ति निकाल्दै कालोसूचिमा परेका सात  मुलुकबाट अमेरिका प्रवेश गर्ने दोहोरो नागरिकताधारी बेलायती नागरिकले केही बढि सुरक्षा जाँच बेहोर्नुपर्ने भएतापनि अमेरिका र बेलायतबीचमा यात्रा गर्नेहरु भने प्रभावित नहुने बताइएको छ।

स्कटिस इरानी पासपोर्टधारी भेटेरिनरी विद्यार्थी कोस्टारिकाबाट बिदा मनाएर आफ्नो घर प्रवेश गर्न सकिनन् किनभने उनको अमेरिकाको लागि रहेको ट्रान्जिट भिजा भ्यालिड नरहेको बताइएको थियो।

यसो भनिरहँदा पनि एकजना स्कटिस इरानी पासपोर्टधारी भेटेरिनरी विद्यार्थी कोस्टारिकाबाट बिदा मनाएर आफ्नो घर प्रवेश गर्न सकिनन् किनभने उनको अमेरिकाको लागि रहेको ट्रान्जिट भिजा भ्यालिड नरहेको बताइएको थियो।

ह्वाइट हाउस चिफ अफ स्टाफ रिन्स प्रिबसले अमेरिकी ग्रिनकार्ड धारी, आधिकारिक आप्रवासीहरु पनि शुक्रबारको कार्यकारी आदेशबाट प्रभावित नहुने बताए पनि केहीलाई आप्रवासनमा पठाइएको थियो ।

प्रिबसले आदेशको कार्यान्वयन अस्तव्यस्त रहेको भन्ने  आलोचनाको खण्डन गर्दै भने, अमेरिका आउने र जाने ३ लाख २५ हजार यात्रुहरु मध्ये जम्मा एक सय नौ जनालाई मात्र फिर्ता पठाइएको दाबी गरे ।

ह्वाइट हाउसले के भन्यो?

आइतबार बिहानै ट्विट गर्दै राष्ट्रपति ट्रम्पले भने यो धर्मसँग सम्बन्धित हैन, यो आंतकसँग सम्बन्धित हो र हाम्रो देशलाई सुरक्षित राख्नुसँग सम्बन्धित निर्णय हो ।

अमेरिका बाहिर आलोचना

राष्ट्रपति ट्रम्पको निर्णयविरुद्ध विश्वभर आवाज बढिरहेका छन्। क्यानडाले अमेरिकी राष्ट्रपतिको निर्णय पछि आप्रवासीहरुलाई अस्थायी बसोबासको प्रस्ताव गरिसकेको छ, आप्रवासी मन्त्रीले प्रधानमन्त्री जस्टिन त्रिदेयको ट्विटका आधारमा भने।

इरानले अमेरिकी निर्णयको विरुद्धमा काउन्टर जवाफ दिएको छ । इरानले पनि आफ्ना देशमा अमेरिकी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । यस्तै खालको घोषणा इराकबाट पनि आइसकेको छ जहाँ अमेरिकाले इराकको मोसुलबाट आइएस हटाउन मिलेर लडिरहेको छ।

जर्मन चान्सलर एन्जिला मार्कलले आतंकवाद सँग लड्न आवश्यकता भएतापनि विशेष ठाउँको नागरिकलाई समग्रमा शंकामा राख्नु प्रमाणित नहुने बताइन् । बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले बताए अनुसार उनले अमेरिकाले लगाएको प्रतिबन्धलाई स्वीकार गरेकी छैनन् । त्यस्तै फ्रान्सका स्वतन्त्र राष्ट्रपतीय उम्मेदवार इमानुयल म्याकरनले ट्विट गर्दै भनेका छन्, ‘म युद्ध र दुःखबाट प्रभावित नागरिकसँगै हुनेछु । ’

प्रकाशित: १८ माघ २०७३ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App