१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई सघाउने अस्ट्रेलियन प्रधानमन्त्रीको घोषणा

सिड्नी- नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अस्ट्रेलियाले हरतरहबाट अमेरिकालाई सघाउने तयारी गरेको अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले  बताएका छन्। निवर्तमान राष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित डोनाल्ड ट्रम्पबीच राज्यशक्ति हस्तान्तरण भई नसकेको पूर्वसन्ध्यामा प्रधानमन्त्री टर्नबुलको यो अभिव्यक्ति आएको हो।

पेरुको राजधानी लिमामा एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरुबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन गएका प्रधानमन्त्री टर्नबुलले सञ्चार माध्यमलाई सम्बोधन गर्दै अमेरिका र अस्ट्रेलियाबीच कायम रहेको वर्षौंदेखिको सम्बन्धले राष्ट्रपति ट्रम्पको कार्यकालमा नयाँ अध्याय थप्ने बताएका थिए।

अस्ट्रेलियाली जनताहरुले अपेक्षा गरेकाले प्रधानमन्त्रीको पदमा रहुन्जेल विश्वभर अमेरिकी राजनीति सफल पार्न आफ्नो सरकारले हरसम्भव प्रयत्न गर्ने तयारी गरेको पनि उनले बताएका थिए। 

‘हाम्री संयुक्त राष्ट्र अमेरिकाको राम्रो चाहान्छौ र त्यहाँको राष्ट्रपतिको पनि राम्रो चाहान्छौं, त्यसकारण नवनिर्वाचित राष्ट्रपतिलाई समर्थनको लागि हरसम्भव प्रयास गर्नेछौं,’ प्रधानमन्त्री टर्नबुलले एक भेटमा बताएका थिए। 

प्रकाशित: ७ मंसिर २०७३ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App