१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिलारीलाई फेरि सफाई

वासिङटन–अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइले हिलारी क्लिन्टनलाई फेरि सफाई दिएको छ । एफबिआई निर्देशक जेम्स कोमीले आइतबार अनुसन्धानबाट हिलारीमाथि अभियोग लगाउनु पर्ने कुनै गल्ती नभेटिएको स्पष्ट पारेका थिए । संसदलाई पत्र लेख्दै कोमीले क्लिन्टनका गोप्य इमेल व्यवस्थापनको विषयमा एफबिआइले यो वर्षको शुरुमा जुन निस्कर्ष निकालेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नभएको बताएका हुन् ।

एक साता अघि कोमीले क्लिन्टनको सहयोगीका पूर्व पतिको कम्प्युटरमा फेला परेका इमेलहरुको पुन अनुसन्धान भइरहेको खुलासा गरेको थियो । एफबिआइका निर्देशक जेम्स कोमीले गत जुलाईमा डेमोक्र्याट उम्मेदवार हिलरी क्लिन्टनले आफू विदेशमन्त्री हुँदा इमेल प्रयोगमा लापरवाही गरेको भए पनि उनीमाथि कुनै फौजदारी अभियोग नलाग्ने बताएका थिए ।

गत साता क्लिन्टनकै इमेल प्रयोग सम्बन्धमा नयाँ अनुसन्धान भइरहेको खुलासा कोमीले गरेपछि उक्त विषय पुनः बहसमा आएको थियो । कोमीले गत महिनाको अन्त्यमा संसदलाई पत्र लेख्दै एफबिआइले क्लिन्टनका इमेलमाथि पुनः नयाँ अनुसन्धान थालिएको खुलासा गरेका थिए । डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइको जारी अनुसन्धानले आफूलाई निर्दोष साबित गर्नेमा विश्वस्त रहेको बताएकी थिइन् ।

यसअघि अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइट हाउसले क्लिन्टनका इमेलमाथि गरिरहेको अनुसन्धान चुनाव प्रभावित पार्ने उद्देश्यले भएको भन्ने विश्वास आफूलाई नलागेको प्रतिक्रिया दिएको थियो । गएको जुलाईमा एफबीआइका निर्देशक जेम्स कोमीले क्लिन्टनले एकदमै हेलचेक्र्याइँ गरेको देखिए पनि उनीविरुद्ध फौजदारी मुद्दा लगाउने आधार नरहेको निष्कर्ष निकालेका थिए ।

तर गत शुक्रबार संसदलाई जानकारी गराउँदै उनले थप इमेलहरु प्राप्त भएकाले एफबीआइको जाँच पुनः शुरु गरिएको बताएका थिए । एउटा ¥यालीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति उम्मेदवार क्लिन्टनले गएको जुलाईमा आफूले कुनै फौजदारी कसुर नगरेको निष्कर्षमा पुगेको एफबीआइ अब पनि त्यस्तै निचोडमा पुग्ने बताएकी थिइन्।

अघिल्लो वर्षको मार्च महिनामा क्लिन्टनले सन् २००९ देखि २०१३ सम्म निजी इमेल सर्भरको प्रयोग गरि संघीय कानुन तोडेको विषय सतहमा आएको थियो ।
उक्त विषयले ह्वाइट हाउसका निम्ति जारी अभियानमा कम्पन ल्याएको थियो भने रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको चुनावी अभियानलाई थप उर्जा दिएको देखिएको थियो ।

तर आइतबार संसदलाई लेखिएको पत्रमा कोमीले, आफूले यसअघि अनुसन्धानको खुलासा गरेपछि एफबिआइको टोलीले दिनरात काम गर्दै ठूलो संख्यामा प्राप्त इमेलहरुको अनुसन्धान गरेको जानकारी गराएका छन् । उनले उक्त अनुसन्धानको प्रक्रियामा क्लिन्टनले आफू विदेशमन्त्री हुँदा पठाएको वा उनले प्राप्त गरेका सबै इमेलहरु एफबिआइले हेरेर समीक्षा गरेको बताए ।

उनले उक्त समीक्षाको आधारमा यसअघि गत जुलाईमा एफबिआइले क्लिन्टनको इमेल प्रयोगबारे जुन निस्कर्ष निकालेको थियो अहिले पनि त्यसमा कुनै परिवर्तन नगरेको बताएका हुन् । चुनावी अभियानका लागि निस्किएको क्लिन्टनका समूहले आफूहरु एफबिआइले त्यही निस्कर्ष निकाल्छ भन्नेमा विश्वस्त रहेको बताएको छ । क्लिन्टनले आफ्नो दिन फिलाडेल्फियास्थित गिर्जाघरका अफ्रिकी अमेरिकी समुदायलाई सम्बोधन गरेर शुरु गरेकी थिइन् । त्यसपछि उनी पेन्सिलभेनिया पनि पुगेकी थिइन् भने अब उनले न्यू ह्याम्पसरको ¥यालीलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

तर रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पका सल्लाहकारले भने ट्वीटमार्फत कोमी सम्भवतस् ठूलो राजनीतिक दबाबमा परेको हुनसक्ने बताए । आइतबार मिनेसोटामा भएको चुनावी ¥यालीका क्रममा ट्रम्पले कोमीको पछिल्लो घोषणाबारे कुनै प्रतिक्रिया जनाएनन् ।

तर उनले क्लिन्टन जीवनभरका लागि अनुसन्धानको दायरामा रहने बताए । यता इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा एफबिआइले हटाइदिएपछि हिलारी क्लिन्टनको सशक्त प्रतिद्वन्द्वी उम्मेदवार डोनाल्ड ट्रम्पलाई आरोप लगाउने भाकामा परिवर्तन आएको छ ।

लगभग दुईवर्ष अघिदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान गर्ने दिनको पूर्वसन्ध्या अत्यन्तै संवेदनशील अवस्थामा आइपुगेको छ । केही दिन यतादेखि परिवर्तित नाटकीय लहर आङ्कलन गर्दा दुई उम्मेदवारमध्ये साह«ै थोरै मतान्तरले मात्र एकको विजय हासिल हुने देखिएको छ ।

विदेशमन्त्री छँदा आफ्नो एकाउन्टमा रहेका हजारौंं इमेल मेटाएर भ्रष्टाचारजन्य कार्य र राष्ट्रघात गरेको भनी ट्रम्पले क्लिन्टनलाई आरोप लगाउँदै आएका थिए । एफबिआइको निष्कर्ष र प्रतिवेदनबाहिर आएपछि, ट्रम्प केही नरम देखिएपनि उनले हिलारीलाई गाली गर्न भने छाडेका छैनन् ।

 यता, ट्रम्पको तुरुन्तै आक्रोशित हुने स्वभावको धेरै दिनसम्म कडा आलोचना गरेपश्चात् क्लिन्टनले अब आफ्नो ध्यान बाझाबाझ र झै–झगडा भन्दा मैत्री स्थापनामा केन्द्रित गर्ने बताएकी छिन् ।

ट्रम्पभन्दा झिनो मतले अगाडि रहेकी भनिएकी हिलारीले निर्वाचनको अन्तिम अभियानमा राजनीतिक हस्ती तथा संगीत क्षेत्रका सेलिब्रिटीलाई साथ लिएकी छिन् राष्ट्रपति बाराक ओबामा स्वयम् पनि विभिन्न राज्यमा डेमोक्र्याटको पक्षमा मत माग्दै हिँडिरहेका छन् ।  

 

प्रकाशित: २३ कार्तिक २०७३ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App