१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्लिन्टनको चुनावी अभियानको डाटा ह्याक

फेलिडेल्प्रिया- डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्‍वार हिलारी क्निटनको चुनावी अभियानका डाटाहरु ह्याक भएको छ। क्लिन्टन राष्ट्रपतिको उम्मेद्‍वार भएको तीन दिनपछि उक्त डाटा समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको हो।

चुनाबी अभियानको उक्त डाटा प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेद्‍वार डोनाल्ड ट्रम्पको संलग्नतामा रसियन इन्टेलिजेन्स सर्भिसले गरएको अनुमान गरिएको छ।

सञ्चार माध्यमका अनुसार डेमोक्रयाटिक नेशनल कमिटीका दुई जानकारी ह्याक गरिएको छ। क्लिन्टन पक्षधरले रसियाले आगामी राष्ट्रपतिको निर्वाचनलाई प्रभावित पार्न डाटा ह्यक गरेको आरोप लगाएका छन्। यता रसियाले भने उक्त ह्यकमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ।

ट्रम्पका प्रवक्ता ज्यासन मिलरले कुनै समस्या पर्दैमा सबै ट्रम्पले गराएको भन्न नमिल्ने बताएका छन्। 'हिलारी कुनै समस्यामा परिन् भन्दैमा सबै ट्रम्पकै हात छ भन्नु गत हो। यस ह्याकमा हाम्रो संलग्नता छैन,' उनले भने।

ह्याकका विषयमा आफूहरुलाई पनि जानकारी आएको भन्दै त्यसबारे अध्ययन भइरहेको उनले बताए।

 

 

प्रकाशित: १५ श्रावण २०७३ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App