१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

१५ वर्षमुनिकालाईं चैत २५ बाट टाइफाइड खोप

सरकारले पहिलो पटक १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँदैछ।

सरकारले चैत २५ देखि वैशाख १८ सम्म बालबालिकाका लागि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो। खोप अभियान नजिकको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सबै बालबालिकालाई एक डोज दिइने सो खोप सुरक्षित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ। सरकारले खोप निःशुल्क प्रदान गर्न लागेको हो।

ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने जीवाणुको कारण स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको दूषित पानीका माध्यमबाट सर्छ। १५ वर्षमुनिका बालबालिकामा हुने गरेको पाइएको छ। यो रोग लागेमा समयमै उपचार भएन भने मृत्यु समेत हुन्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता यो रोगका मुख्य लक्षण र चिह्न हुन्। साथै कसैकसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदि लक्षण र चिह्न पनि देखिन सक्छन्। रोग बढ्दै गए सानो आन्द्रामा घाउ हुने र प्वालसमेत पर्न सक्छ।

एचआइभी लागेका, सिकिस्त बिरामी, उच्च ज्वरो आएका व्यक्तिले यो खोप लिनु हुँदैन। खोप लिइसकेपछि ज्वरो आउने, जिउ दुख्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छ। यीमध्ये गम्भीर एलर्जी हुन लागे तुरुन्त स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न मन्त्रालयले सुझाएको छ।

प्रकाशित: १४ चैत्र २०७८ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App