६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १ सय २५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २५ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, संखुवासभा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो। मोरङको विराटनगरमा ४१, कटहरीमा ३, बेलबारी, कानेपोखरी र केराबारीमा १–१, झापाको मेचीनगरमा ९, विर्तामोडमा ६, हल्दिबारी, शिवसताक्षी, बाहृदशी र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ३, दुहवी, बर्जु, देवानगञ्ज र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको साल्पासिलिछो, संखुवासभाको सभापोखरी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको   छ।

प्रदेश १ मा मंगलबार  ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ महिला र ५ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ३ सय ८७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ पुस २०७८ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App