१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा

रोल्पा नगरपालिका। तस्बिर: दिनेश नागरिक

रोल्पा नगरपालिकाले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयका पीडितहरुलाई लक्षित गर्दै नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्। नगरपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र घाईते अपाङ्गलाई लक्षित गर्दै कार्यक्रम ल्याईएको हो।

हाललाई ३ सय परिवारलाई निशुल्क स्वास्थ्य बिमाको योजना ल्याईएको भए पनि त्यो संख्या थप गर्न सकिने नगरपालिकाका मेयर पुर्ण केसिले बताए। ‘नि:शुल्क स्वास्थ्य बिमा पछि राज्य परिवर्तनका लागि योगदान दिएकाहरुका परिवारलाई समेत स्वास्थ्य उपचारमा सहयोग पुग्ने छ।’ केसि भन्छन् ‘उहाँहरु वा उहाँहरुको परिवार उर्जाशील समय युद्धमा लाग्नु भएको हो त्यसैले पनि द्वन्द्वपीडितका लागि स्वास्थ्य बिमाको जरुरी थियो।’ 

उनका अनुसार निशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिईने छ।  महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा संचालित ‘महिला शान्ती र सुरक्षा’ परियोजनाको संवाद कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरुले जनप्रतिनिधि समक्ष निशुल्क स्वास्थ्य बिमाका लागि अनुरोध गरे पछि रोल्पाका केहि स्थानिय तहका प्रमुखहरुले नि:शुल्क स्वास्थ्य बिमाको प्रतिबद्धता गरेका थिए। रोल्पामा ९ सय ६९ जना मृतक र ३३ बेपत्ताको आधिकारीक तथ्याङ्क छ।

निशुल्क स्वास्थ्य बिमाको योजना सुनेका द्वन्द्वपीडितहरु स्थानिय सरकारको यो निर्णयले ठुलो राहत दिने बताउछन्। यस अघि पुर्बि रोल्पाको सुनिल स्मृती गाउँपालिकाले १ सय जनालाई नि:शुल्क स्वास्थ्य बिमा गरिसकेको छ।

प्रकाशित: ४ असार २०७८ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App