१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अक्सिजनका लागि वाणिज्य संघको अभियान

पाँचथरमा अक्सिजनको व्यवस्थापन गर्न पाँचथर उद्योग वाणिज्य संघले रकम जुटाउने अभियान सञ्चालन गरेको छ।

जिल्लाका कोरोना संक्रमितका लागि अक्सिजन अभाव हुन नदिनका लागि अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने गरी वाणिज्य संघले यो अभियान चलाएको हो।

केहि दिनदेखि सुरु भएको अभियानमा रकम जम्मा हुने क्रम जारी छ। आइतबार साँझसम्म ३५ लाखभन्दा बढी रकम जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए। यो अभियानमा देश, विदेशबाट रकम जम्मा भइरहेको छ।

विभिन्न क्षेत्रका व्यक्तिहरुले रकम जम्मा गरिरहेका छन्। कोरोना भाइरसको प्रकोप फैलिदै गर्दा यो अभियान महत्वपूर्ण भएको ठम्याइका आधारमा रकम जम्मा भइरहेको छ।  

रकम संकलन गरेर उक्त सामग्री खरिद गर्ने योजना छ। महामारीको बेला जिल्लाबासीको जीवन रक्षार्थ अभियान चलाइएको अध्यक्ष नेपालले जानकारी दिए। संकलित रकमबाट २० थान अक्सिजन कन्सन्ट्रेटर र पचास थान अक्सिजन सिलिण्डर किन्ने योजना छ। खरिद गरिएका सामग्री  अस्थायी कोभिड अस्पताल पाँचथरमा हस्तान्तरण गरिने छ।

वाणिज्य संघले यस अघि २० थाना सिलिण्डर अस्पताललाई हस्तान्तरण गरेको थियो। यो अभियानमा सामाजिक सञ्जाल (फेसबुक) बढी प्रभावकारी देखिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App