१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट भक्तपुरमा एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भक्तपुरमा सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको लास संकलन भएको बताए। हालसम्म एकैदिन जिल्लामा बढीमा सात जनासम्मको मात्रै मृत्यु भएको जनाइएको छ।  

प्रमुख मिजारले सोमबार इन्द्र बल गणले १० वटा शव संकलन गरेको जानकारी दिए। तर, उनीहरु सबैको नाम थरसहितको सम्पूर्ण विवरण आउन बाँंकी भएको उनको भनाइ छ। उनले होम आइसोलेसन, अस्पतालमा उपचारत बिरामीहरुको निधन भएको बताए।

जिल्लाका चारवटा नगरपालिकाहरुमा आइतबारसम्मको तथ्यांकमा एकसय ८३ जनाको मृत्यु भइसकेको तथ्यांक छ। त्यसमा सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा छन्। त्यहाँ ६७ जनाको मृत्यु भएको छ।  

त्यसपछि क्रमशः सबैभन्दा बढी भक्तपुर नगरपालिकामा ५४, सूर्यविनायक नगरपालिकामा ४६ र चागुनारायण नगरपालिकामा १६ रहेका छन्। जिल्लामा हालसम्म संक्रिय संक्रमितको संख्या चार हजार आठ सय ५० जना रहेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७८ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App