१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रहरीद्वारा अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलवस्तु प्रहरीले यहाँका २ अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। प्रहरी उपरीक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन्। उनले कपिलवस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंह र कृष्णनगर नगरपालिका मेयर रजन प्रताप शाहलाई सिलिन्डर प्रदान गरेका थिए।  

बिभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए। अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफूहरुले सो कार्य गरेको बताए। ‘शान्ति सुरक्षासहित यो बिपतको बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौ,’ उनले भने। प्राप्त सिलिन्डर दुबै मेयरले अस्पताललाई दिएका थिए। प्रहरीको यो कदम निकै सराहनीय भएको दुबै मेयरले प्रतिक्रिया दिएका छन्।

मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो रहेका बताए। प्रहरी उपरीक्षक अधिकारीले आफूहरुले अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने बताए।

प्रकाशित: २६ वैशाख २०७८ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App