६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा थपिए २११ नयाँ संक्रमित, थपिएकामध्ये पुरुष बढी

भक्तपुरमा शनिबार २११ जना नयाँ संक्रमित थपिएका छन् । थपिएकामध्ये पुरुष ११५ र महिला ९६ रहेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार शनिबार भक्तपुरमा सोको संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्।

थपिएका संक्रमितमध्ये सूर्यविनायक नगरपालिकामा पुरुष २८, महिला २१ गरी जम्मा ४९, मध्यपुरथिमि नगरपालिकामा महिला ४३, पुरुष ४४ गरी ८७, भक्तपुर नगरपालिकामा महिला १६, पुरुष ३२ गरी ३८ र चाँगुनारायण नगरपालिकामा महिला १३ र पुरुष १५ गरी २८ नयाँ संक्रमित थपिएका छन्।

ठेगाना नखुलेका ९ जना रहेकामध्ये महिला ३ र पुरुष ६ रहेका छन्।

प्रकाशित: १८ वैशाख २०७८ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App