४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘कोरोनाको परिवर्तित बेलायती रूपलाई खोपले नरोक्न सक्छ’

इलिजावेथ कोहेन 

(सीएनएन)

एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।

अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोना खोपले बेलायती भेरियन्टको विरुद्ध काम गर्ने बताइरहेको बेला, वोरोबी र अन्य वैज्ञानिकले यो भेरियन्टलाई नियन्त्रण गर्न खोपले काम नगर्ने सम्भावना देखेकाछन् । उनीहरूले केही हिसाबले भाइरसको यो नयाँ रूप खोपभन्दा बढी स्मार्ट देखिएकोछ ।

एरिजोना विश्व विद्यालय अन्तर्गतको डेपार्टमेन्ट अफ इकोलोजी एण्ड इभुलुसनरी बायोलोजीका प्रमुख समेत रहेका वोरोबी थप्छन, ‘मैले देखेका भाइरसका विभिन्न रूपमध्ये यो फरक छ, खोपका हिसाबले यो अत्यन्त ज्वलन्त प्रश्न हो ।’ फ्रेड हटचिन्सन क्यान्सर रिसर्च केन्द्रका सहप्राध्यापक ट्रेभोर वेडफोर्ड पनि भाइरसको यो नयाँ स्वरुपलाई सुक्ष्म रूपले अध्ययन गरिरहेकाछन् ।

खोपका पछिल्ला परिक्षणले फाइजर र मोर्डनाले बनाएको खोप ९५ प्रतिशत प्रभावकारी देखाएकाछन् । तर यी परिक्षण बेलायती भेरियन्ट देखिनुअघि गरिएका थिए । वेडफोर्डले भाइरसको नयाँ स्वरुपका विरुद्ध खोप उपयोगी नहुने भनेर अहिल्यै भन्न नसकिने तर यस्ले खोपको प्रभावकारीतालाई कमजोर पार्न सक्ने बताए । ‘यो नयाँ भेरियन्टले खोपको प्रभावकारितलाई घटाएर ८० अथवा ८५ प्रतिशतमा झार्न सक्छ,’ उनी भन्छन, ‘यो मध्यम खाले असर हो, नाटकिय असर होइन ।’

अर्काेतिर स्वास्थ्य अधिकारीले यो भेरियन्टको विरुद्ध खोपले काम नगर्ने भन्ने कुनै प्रश्न नै नरहेको दाबी गरेकाछन् । ‘हामीसँग यो भेरियन्ट विरुद्ध खोपले काम नगर्ने भन्ने कुनै प्रमाण छैनन्,’ स्वास्थ्य उपमन्त्री डा. ब्रेट जिरोयर भन्छन् । ‘खोपको प्रतिरक्षा शक्तिबाट बच्न यो भेरियन्टले सक्ने छैन,’ अपरेसन र्‍याप स्पीडका अपरेसन हेड मोन्सेफ स्ल्याओयु भन्छन् । तर कतिपय वैज्ञानिकलेले यो उत्परिवर्तन यसअघिको भन्दा फरक रहेको बताउँछन् ।

‘हामी तत्काल निर्णयमा पुग्नु हुँदैन, हामीलाई तत्काल यस विषयमा धेरै जानकारी छैन, तर छिट्टै यो विषय प्रष्ट हुनेछ,’ स्किप्स रिसचर्का प्राध्यापक क्रिष्टियन एन्डरसने सीएनएनलाई भने । यसैगरी लस एलामोस नेसनल लेबोरेटरीका वैज्ञानिक वेटे कोरबर थप्छन, ‘यो उत्परिवर्तन चिन्ताजनक छ र यस्को थप अध्ययन र परिक्षण आवश्यक छ ।’

भाइरसको बेलायती भेरियन्टमा अत्यधिक धेरै उत्परिवर्तन भएका छन् । यसको अनुवासिक संरचनामा १४ वटा परिवर्तन र ३ वटा हटेका छन् । ‘भाइरससँग १७ वटा फरक खाले उत्परिवर्तन भएका छन । यो अन्यत्र देखिएको थिएन । त्यो नै अचम्मको विषय हो,’ वोरोबी भन्छन् । गत साता बेलायती वैज्ञानिकले जेनेटिक कोडमा १४ वटा परिवर्तन भाइरसको विश्वव्यापी तथ्यांकभन्दा फरक देखिएको उल्लेख गरेका थिए । उनीहरूले यस्ता फरक उत्परिवर्तन एकआपसमा मिलेर अब कसरी विकसित हुन्छन् भन्ने विषय चाखलाग्दो हुने पनि बताएका छन् ।

‘कतिपय उत्परिर्वनलाई प्रयोगशालामा परिभाषित गरिएको छ । तर यी सबै उत्परिवर्तनको सम्मीश्रणले कस्तो प्रभाव पार्नेछ भन्ने कुरा अझै स्पष्ट छैन,’ वेडफोर्डले मंगलबार आफ्नो ट्वीटमा भनेका छन् । वायोएनटेकका प्रमुख कार्यकारी डा. उगर सहिनले नयाँ भेरियन्टले समस्या उत्पन्न नगर्ने विश्वास व्यक्त गरे । उनले यती समस्या उत्पन्न भए पनि त्यसलाई समाधान गर्न सकिने बताए । ‘हामीसँग खोपलाई अद्यावधिक गर्ने अझै अवसर छ,’ उनले भने, ‘तर मलाई लाग्छ, यो आवश्यक छैन तर आवश्यक भएमा यो प्राविधिक रूपमा सम्भव छ ।’

प्रकाशित: १० पुस २०७७ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App