४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश सरकारबाट पाँच सय थान भिटिएम

प्रदेश सरकारबाट प्राप्त भएको भिटिएम स्वास्थ्य कार्यलयका ल्याव टेक्नेसियन राजु रावतलाई बुझाउँदै सांसद राजन राई । तस्बिर : नागरिक

१ नम्बर प्रदेश सरकारबाट खोटाङलाई पिसिआरका लागि स्वाब संकलन गर्न उपयोग गरिने भिटिएम प्राप्त भएको छ । पिसिआर परिक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेकाबेला सामाजिक विकास मन्त्रालयबाट पिसिआरका लागि स्वाव संकलन गर्नेक्रममा उपयोग गरिने पाँच सय थान भिटिएम प्राप्त भएको हो । खोटाङबाट निर्वाचित प्रदेशसभा सांसद राजन राईको पहलमा प्राप्त भएको भिटिएम मंगलबार स्वास्थ्य कार्यलय खोटाङका ल्याव टेक्नेसियन राजु रावतले बुझेका छन् ।  

जिल्लामा भिटिएमको अभाव हुँदा पिसिआर परिक्षणको दायरा बढाउन समस्या भएको भन्दै प्रदेशसभा सांसद राईले संसदको शुन्य समयमा आवाज उठाएको दोश्रो दिन सामाजिक बिकास मन्त्री जीवन घिमिरेको निर्देशनमा जिल्लालाई भिटिएम प्राप्त भएको हो । मन्त्रालयले उपलव्ध गराएको भिटिएम ल्याव टेक्नेसियन रावतलाई जिम्मा दिइएको प्रदेशसभा सांसद राईले बताए । ‘समग्र जनतालाई यो कोभिड–१९ बाट सजग रहन तर अनावश्यक चिन्ता नलिन आग्रह गर्दछु,’ प्रदेशसभा सांसद राईले भने, ‘भोलिका दिनमा यो रोगसँग सम्बन्धित सामाग्री आबश्यक परेमा हामी प्रदेश सांसदहरुले पहल गर्ने नै छौँ ।’  

प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका पधाधिकारी, जनप्रतिनिधि, राजनैतिक दलका नेता तथा कार्यकर्ताले चाँडोभन्दा चाँडो स्वास्थ्य सामग्री उपलव्ध गराउनका लागि गरेको आग्रह अनुशार प्रदेश सांसदकातर्फबाट भिटिएम पठाइएको प्रदेशसभा सांसद राईले बताए । हालसम्म प्रदेश सरकारबाट खोटाङलाई २ हजार ८३५ थान पिपिई गाउन, २३ थान पिपिई सेट, ४४ थान आइआर थर्मोमिटर, ४५ हजार ४२ थान सर्जिकल माक्स, ४४ हजार ६ सय थान एक्जामिनेसन ग्लोव्स, १ हजार ५० थान क्याप र ८ सय थान गगल्स प्राप्त भएको जनाइएको छ ।

प्रकाशित: ३० असार २०७७ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App