१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा दुई हजार ७ सयको स्वाब परीक्षण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट हालसम्म परीक्षण गरिएका सबैको कोराना रिर्पोट नेगेटिभ आएको छ। झण्डै दुइ हप्ताको बीचमा २ हजार ७ सय ५५ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो।  प्रतिष्ठानले कर्णालीका हुम्ला, मुगु,कालिकोट र जुम्लामा स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब परिक्षण गरेको थियो। जुम्ला र कालिकोट बाहेक हुम्ला र मुगु जिल्लामा हेलिकप्टर मार्फत चिकित्सक पुर्याइएको थियो।  

हुम्लाको नाम्खा र अदानचुली, मुगुको खत्याडमा स्वाब संकलन गर्न टोली खटाएको थियो। जुम्लाका हरेक स्थानीय तहमा दुई दुई जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो। प्रतिष्ठानका अनुसार सबैभन्दा बढी एक हजार २ सय ७६ जना जुम्लाबासीको स्वाब परीक्षण गरिएको थियो। परीक्षण रिर्पोट सबैको नेगेटिभ नै आयो। यो भित्र जुम्लामा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी पनि पर्छन्।  

प्रयोगशाला इन्चार्ज विवेक पुनका अनुसार हुम्लाका  ४१०, मुगुका ३५२ र कालिकोटका ७१७ जनाको स्वाब परिक्षण गरिएको थियो। हुम्लाको नाम्खा गाउँपालिकाका २ र मुगुको खत्याड गाउँपालिकामा आरडीटी परिक्षणमा कोराना पोजेटिभ देखिएकाको पनि पिसिआर परीक्षण गर्दा कोरना नेगेटिभ देखिएको थियो।

अहिलेसम्म पिसिआर परिक्षण रिर्पोट हेर्दा साबिकको कर्णाली सुरक्षित नै देखिएको छ।तर भारतबाट आउनेक्रम बढेसंगै कोराना संक्रमण फैलन सक्ने त्रास पनि उत्तिकै बढेको छ। कोराना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’सञ्चालन गरेको छ। जसअन्र्तगत कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालित छन्। साबिकको कर्णालीको पाँच जिल्ला हेर्ने जिम्मेवारी कर्णाली प्रतिष्ठानले पाएको छ। कर्णाली प्रतिष्ठानले स्वाब संकलन र परीक्षण कार्यलाई तिब्र पारेको छ।  

रजिष्टार विश्वराज काफ्ले अहिलेसम्म संकलन गरिएको स्वाबको परीक्षण सकिएको बताउँछन्। स्वास्थ्यकर्मीको टोली डोल्पा पठाउने तयारी भइरहेको उनले बताए। कर्णाली प्रतिष्ठानले पुलिङ विधिबाटै स्वाब परीक्षण गरिरहेको छ। स्वाब संकलन र परिक्षणमा प्रतिष्ठानको चिकित्सक टोली अहोरात्र खटिरहेको शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन्।  

प्रतिष्ठानको टोली स्वाब परीक्षणमा भोक, निन्द्रा नभनी खटिएको छ, स्वाब संकलनमा पनि तदारुकता उत्तिकै देखाएको छ,शिक्षाध्यक्ष थापाले भने,‘ यो संकटको समयमा टोलीलाई हौसला र उत्प्रेरणाको खाँचो छ।’ कर्णाली प्रतिष्ठानको पदाधीकारी टिमदेखि सबै स्वास्थ्यकर्मी कोरानाबिरुद्धको महाअभियानमा लागि परेका छन्। मेसिन सञ्चालन गर्दाका बखत परीक्षण गरिएको स्वाब भेरिफिकेसनको लागि स्वाब नेपालगंज लगिएको थियो। स्वाब संकलन र परीक्षणको दायरालाई बढाउदै लैजानु पर्ने जुम्लाबासी बताउँछन्।

प्रकाशित: १० जेष्ठ २०७७ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App