१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रोल्पाका चार जनाको स्वाब परीक्षणका लागि पठाइयो

रोल्पा- रोल्पाका अस्पतालको आइसोलेसनमा रहेका २ जना र क्वारेन्टाइनमा रहेका २ जना गरि ४ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ। प्रदेश मार्फत थप परीक्षणका लागि उक्त स्वाब काठमाडौ पठाइने छ। काठमाडौ ईट्टाभट्टा र भारतबाट रोल्पा आएका दुई जना रोल्पा अस्पतालको आइसोलेसनमा छन्। रोल्पा अस्पतालका डा. प्रकाश बुढाका अनुसार आइसोलेसनमा रहेका दुबैको स्वाब परीक्षणका लागि पठाइएको हो।

त्यसैगरि सुनिल स्मृती गाउँपालिकामा भारतको केरलाबाट आएर होम क्वारेन्टाइनमा रहेका एकै घरका बाउ छोरीको स्वाब समेत परीक्षणका लागि पठाइएको हो। सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृती भट्टराईका अनुसार बिरामीमा कोरोना संक्रमणको लक्षण मिल्दो देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको हो। ति स्वाबहरु लिएर शनिबार बिहानै एम्बुलेन्स बुटवल हिडेको छ।

जिल्लामा पछिल्लो समय भारतबाट भित्रिने संख्या एकिन भईसकेको छैन। स्थानीय जनप्रतिनिधिले तेस्रो मुलुक र भारतबाट आउनेहरुको खोजी गरिरहेका छन्।

प्रकाशित: २२ चैत्र २०७६ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App