६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइड विरुद्धको खोप अभियान

तस्बिर सौजन्यः युनिसेफ नेपाल

भूकम्प प्रभावित जिल्लाहरूमा सरकारले नियमित खोप समय अघि नै दादुरा,रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ। फागुन चैतमा सञ्चालन हुने सो खोप अभियान पुसदेखि नै सुरु गरेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।

भूकम्प अति प्रभावित जिल्लाहरू जाजरकोट र रुकुममा खोप अभियान पहिला नै पुरा भइसकेको छ भने कम प्रभावित जिल्लाहरूमा खोप अभियान जारी रहेको खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए। उनका अनुसार दैलेख,जुम्ला, सल्यान, कालिकोट र सुर्खेतमा अभियान जारी रहेको बताए।

खोप अभियान विवरण अनुसार जाजरकोट र रुकुम पश्चिममा पुस ४ देखि पुस १४ गतेभित्र सञ्चालन भएको थियो। पुस १५ देखि २५ सम्म सुर्खेत जिल्लामा अभियान जारी छ। पुस ६ देखि पुस १५ गतेभित्र दैलेख,जुम्ला, सल्यान, कालिकोट लगायतका जिल्लाहरूमा अभियान सम्पन्न भइसकेको छ।

खोप शाखाका प्रमुख डा गौतमका अनुसार दादुरा–रुवेला विरुद्धको खोप ६ महिना माथिदेखि १५ वर्ष मुनिका बालबालिकाको लागि दिइएको छ भने १६ देखि ४५  वर्ष भित्रकालाई टाइफाइड विरुद्धको खोप दिइएको हो। भूकम्प प्रभावित जिल्लाहरूमा सम्भावित जोखिम रोगहरुको नियन्त्रणको लागि नियमित खोप अभियान अघि नै सुरु गरेको बताए। ‘भूकम्प प्रभावित जिल्लाहरूमा अव्यवस्थित बसाइ हुँदा दादुरा, टाइफाइड जस्ता रोगहरु फैलिन सक्छ’ उनले भने। भूकम्प प्रभावित क्षेत्रका १ लाख २० हजार जनालाई खोप दिएको हो।

प्रकाशित: १९ पुस २०८० ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App