३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

२ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको प्रमाण पत्र

कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित हथिहवा स्वास्थ्य चौकीलाई त्यसको प्रमाण पत्र प्रदान गरिएको हो ।यससंगै जिल्लामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य चौकीको संख्या ८ पुगेको छ।

दुबै स्वास्थ्य चौकीमा सरोकारवला बिच बैठक गरिएको स्व मुल्यांकनका आधारमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा उपलब्ध रहेको प्रमाण पत्र प्रदान गरिएको हो । ती दुई स्वास्थ्य संस्थामा उपलब्ध रहेका स्वास्थ्य सेवाहरु किशारकिशोरीहरुले सहज र मैत्रीपुर्ण रहेका छन ।  युनएफपिएको सहयोगमा सहयोगी सस्था आड्रा नेपालको आयोजनामा दुबै पालिकामा छुट्टा छुट्टै कार्यक्रम गरी निर्देशिकाले तोकेको मापन्दड अनुसार मुल्यांक र प्रमााण्ीकरण पश्चात प्रमाण पत्र प्रदान गरिएको युएनएफपिएका जिल्ला संयोजक संजय शर्माले बताए । यस अघि कपिलवस्तुमा ६ स्वास्थ्य चौकीले त्यस्तो प्रमाण पत्र पाएको शर्माले बताए।

 १० देखि १९ बर्ष सम्मका किशोर किशोरीलाई चाहिने आवश्यक परापर्श र स्वास्थ्य सेवाका बिभिन्न ४४ सुचकहरु निेर्देशिकामा राखिएका छन । त्यस मध्ये दुबै स्वास्थ्य चौकीले ४१ वटा सुचक पुरा गरेको अर्थात ९३ दशमलव १५ प्रतिशत अंक ल्याएका छन । परिवार नियोजनका साधन, जानकारी, सेनेटरी प्याड, महिलाकालागि छुट्टै शौचालयको ब्यवस्था, बैठकमा सहभागीता, आईरन चक्कीको उपलब्धता लगायतका बिषयहरु सुचकमा समाबेश रहेका छन । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवलाई जहदी स्वास्थ्य चौकी किशोरकिशाी मैत्री सेवा उपलब्ध रहेको प्रमाण पत्र प्रदान गरेका थिए । यस्तै सुद्धोदन गाउपालिका प्रमुख कमलेश शरण चौधरीले वडा नम्बर ५ का अध्यक्ष आसुतोश कुमार सिंहलाई हथिहवा स्वास्थ्य चौकीमा त्यसको सेवा रहेको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

कपिलवलस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले स्वास्थ्य चौकीहरुमा सेवा सुबिधा बृद्धि हुनु र किशोरकिशोरी मैत्री सेवा समेत उपलब्ध हुनु राम्रो कुरा भएको बताए । उनले आफनो पालिका भित्र रहेको सबै स्वास्थ्य चौकीमा प्रभावकारी सेवा र सुबिधा बिस्तार गर्दै लाने बताए । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता स्वास्थ्य चौकीका ईन्चार्ज सिद्धार्थकाजी बज्राचार्य, युनिसेफका जिल्ला संयोजक संजय शर्मा, आन्ड्राका कार्यक्रम संयोजक राजीव यादव लगायतको सहभागीता थियो । हथिहवा स्वास्थ्य चौकीमा भएको कार्यक्रममा उप प्रमुख होम प्रकाश चौधरी, पालिकाका स्वास्थ्य शाखा प्रमुख असफाक अहमद खा लगायतको सहभागीता थियो ।

नेपाल बहुसुचक सर्वेक्षण २०१९ अनुसार गर्भनिरोधकका साधनको अपरिपुर्त माग किशोरीहरुमा ३५ प्रतिशत रहेको छ । यस्तै एक हजार किशोरी मध्ये ६३ जनाले १९ बर्ष भित्र कम्तीमा एउटा बच्चा जन्माएको पाइएको छ।किशोरकिशोरीले सहजरुपमा आफनो कुरा राख्न र स्वास्थ्य उपचारको सेवाको पहुच बढाउन यसले मद्दम मिल्ने युएनएफपिएका जिल्ला संयोजक संजय शर्माले बताए । युएनएफपिएको सहयोगमा जिल्लाका अन्य स्वास्थ्य चौकीलाई समेत किशोरकिशारी मत्री बनाउने अभियानमा आफुहरु लागेको उनले बताए। यस अघि कपिलवस्तु नगरपालिका वडा नम्बरर ६ स्थित तिलौराकोट, बुद्धभुमी नगरपालिकाको जयनगर र बरकुलपुर , शिवराज नगरपालिकाको शिवपरु र चनई तथा यशोधरा गाउपालिकाको गौरी स्वास्थ्य चौकीले समेत यस्तो प्रमाण पत्र पाई सकेका छन।   

प्रकाशित: १७ कार्तिक २०८० १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App