१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उपत्यकाकै फार्मेसी भाडाको प्रमाणपत्रमा, दर्ता नभएका फार्मेसी पनि भेटिए

एकै दिन १०१ फार्मेसीमा अनुगमन

मानव स्वास्थ्य क्षेत्रसँग जोडिएका विषयमा पनि चरम लापरबाही बढिरहेको छ। यसको ज्वलन्त उदाहरण बनेको छ सोमबार उपत्यकाका फार्मेसीहरूमा गरिएको अनुगमन।

ललितपुर र काठमाडौँमै फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर फार्मेसी चलाएको पाइएको छ। अनुगमनमा सहभागी प्रतिनिधिका अनुसार कतिपय फार्मेसी त दर्ता नै नभएको पाइएको छ।

दर्ता भएर चलाइएका फार्मेसीले गरिरहेका बदमासी र गल्ती त कति हो कतिरु सायद त्यसैले होला १० वटा फार्मेसी सिल गरिएको छ। दुई दर्शन बढीलाई सचेत गराइएको छ। काठमाडौँ उपत्यकामै यस्तो अवस्था छ भने देशका अन्य भूगोलमा सञ्चालित फार्मेसीहरूको अवस्था कस्तो होलारु यो एउटा गम्भीर प्रश्न बनेको छ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभाग र स्वास्थ्य सेवा विभाग सहितको टोलीले अनुगमनको क्रममा उक्त फार्मेसीहरू सिल गरेको हो। टोलीले उपत्यकाका तीन जिल्लाका १ सय १ वटा फार्मेसी अनुगमन गरेको थियो। अनुगमनका लागि तीन जिल्लामा २० वटा टोली खटाइएको थियो। कतिपय टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल पनि संलग्न थिए। यी संलग्न टोलीले ललितपुर क्षेत्रका फार्मेसीहरू अनुगमन गरेको थियो।

अनुगमन टोलीका संयोजकका अनुसार अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर फार्मेसी चलाइरहेकोको पाइएको जनाएका छन्। त्यसैगरी  बिक्री वितरण गर्ने अनुमति नै नल्याएर लागुऔषधजन्य तथा मानसिक रोगजन्य औषधी फार्मेसीबाट बिक्री वितरण गरेको, म्याद गुज्रिएको र नगुज्रिएको औषधी एकै ठाउँमा राखिएको, दर्ता नै नभएका र सरसफाइमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ।

अनुगमनमा संलग्न डा.हेमन्त ओझाले आफूहरूले निरीक्षणको क्रममा दर्ता नै नगरी फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए। गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधी पसल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताए।  

फार्मेसी रुले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाइरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरि नै फार्मेसीहरूको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए।

छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको व्यापक अनुगमनले सबैको आँखा खोलेको बताउँदै यसलाई भविष्यमा पनि व्यापकता दिइने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले अनुगमनबाट उपत्यकामै ठुलो सङ्ख्यामा फार्मेसी नियम विपरीत सञ्चालन भइरहेको पाइएकोले अनुगमनलाई निरन्तरता दिन औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई निर्देशन दिए।

जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने फार्मेसीलाई तत्काल कारबाही गर्ने र राम्रो तरिकाले चलेका फार्मेसीहरूलाई प्रशंसा पत्र दिएर राम्रो काम गर्न प्रोत्साहन गर्न समेत मन्त्री बस्नेतले ढकाललाई सल्लाह दिए। औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेहरूलाई औषधि विभागमा पठाउन मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिए। छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले देश भरि नै अनुगमन भइरहेको र यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गरे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले विभिन्न ठाउँमा औषधी पसलमा बेथिति भएको,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले कम चिकित्सकले कम डोजको औषधी रेफर गरे पनि बढी डोजको औषधी दिने, चिकित्सकको सिफारिस बिना एन्टिवायोटिक दिने गरेको,फार्मेसिष्ट बिना औषधी पसल सञ्चालन गरेको, एउटाको नाममा औषधी पसल दर्ता गरेर अर्कैले औषधी बिक्री गरेको जस्ता गुनासो आएकोले अनुगमन कार्यलाई प्रभावकारी बनाउन टोली परिचालन गरेको मन्त्री बस्नेतले बताए।

प्रकाशित: ९ श्रावण २०८० ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App