५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

फाइल तस्बिर।

त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ। त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ।

अधिकांश क्याम्पस र कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस र कार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ।

महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र कार्यलयहरुमा विदा दिने निर्णय भएको बताए।

प्रकाशित: २५ कार्तिक २०७९ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App