७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

दुई दिन बिदा शिक्षा क्षेत्रमा अव्यवहारिक

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय शिक्षा क्षेत्रको लागि अव्यवहारिक भएको सरोकारवालाहरुले औल्याएका छन्।

बुधबार मन्त्रीपरिषदले सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै शिक्षा क्षेत्रका स्कुल कलेजहरु पनि दुई दिन बिदा हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताए।

उनले सरकारको निर्णय सार्वजनिक रुपमा दुई दिन बिदा दिने भएपछि देशमा सञ्चालित विद्यालय र कलेजहरु पनि जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने मन्त्रालयले निर्णय गरेको जनाए। मन्त्री पौडेलले बालबालिकाको सिकाईमा असर नपर्नेगरी दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयले कार्य योजना बनाएर अघि बढ्ने तयारी गरेको बताए।

‘हालको बालबालिको सिकाई कमजोर हुनुमा मुख्य कारण कोरोना महामारी हो, मन्त्री पौडेलले नागरिकसँग भने ‘सरकारले देशमा सार्वजनिक बिदा दुई दिन दिने निर्णय गरेसँगै सबैलाई लागु हुन्छ। जेठ १ गतेदेखि देशमा संचालित सार्वजनिक र निजी दुबै किसीमका स्कुल कलेज विदा हुन्छ।’ उनले थपे ‘बालबालिकाको सिकाईमा असर नपर्नेगरी अन्य विदा घटाइन्छ। पठनपाठनको घन्टा मिलाएर कार्ययोजना बनाएर अघि बढ्छ।’

अर्को तर्फ स्कुलका प्रअहरुले भने कोभिडका कारण शिक्षा क्षेत्र ध्वस्त भएको अवस्थामा शिक्षा क्षेत्रमा दुई दिन विदा अव्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले यसै त कोरोनाले दुई वर्षदेखि बालाबलिकाको शिक्षण सिकाई निकै कमजोर बनएको अवस्थामा दुई दिन विदाले सिकाई थप संकटमा पर्ने औल्याए।

‘पाठ्यक्रमले निर्देशित गरेको हप्ताको ३२ घण्टा पठनपाठन ५ दिनमा पुग्दैन। नानीहरुको कोर्ष पुरा नभएर सिकाई थप कमजोर बन्छ, पअ कँडेलले अनुभव सुनाए ‘त्यसमाथि सार्वजनिक शिक्षा उसै कमजोर भएको अवस्थामा दुई दिन बिदा शिक्षा क्षेत्रमा अव्यवहारिक हुन्छ। सरकारले शिक्षा क्षेत्रकोलागि यो निर्णय सच्याएर अघि बढ्नु पर्छ।’

उनले सुझाए ‘बिहान बेलुका चलेका विद्यालयहरुलाई त ५ दिनले समयनै पुग्दै। अन्य क्षेत्रमा कार्यन्वयन गरे पनि शिक्षा क्षेत्रमा दुई दिन बिदा दिनु हुन्न।’ पाठ्यक्रम अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्नु पर्ने र १ सय ८० दिन विद्यालयम पठनपाठनल अनिवार्य हुनु पर्ने व्यवस्था छ।

‘दुई वर्षभित्र विद्यालयमा शिक्षण सिकाई अतिनै कमजोर भयो, बालबालिकाको सिकाई स्तरमाथि उठेकै छैन, कँडेलले कक्षागत अनुभव सुनाए ‘जसको नकरात्मक असर एसइईको परीक्षामा देखियो। बालबालिकाले प्रश्नको उत्तर लेख्न नसकेर प्रश्न छाडेर परीक्षा केन्द्रबाट बाहिररिएको हामीले देख्यौं।’

उनले सुझाए ‘हालको अवस्थामा सरकार र सबै सरोकारवाला सहकार्य गरी विद्यालय कलेजको पठनपाठन सुधार गर्न लाग्नु पर्छ। यसका लागि दुई दिन बिदा शिक्षा क्षेत्रमा अव्यवहारिक हुन्छ। हटाउनु पर्छ।’ मन्त्री पौडेलका अनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान साढे नौ बजेदेखि साढे चार बजेसम्म कक्षा सञ्चालन हुने कक्षा सञ्चालन हुनेछ। जेठ १ गतेदेखि परीक्षणको रुपमा कार्यन्वयन हुने उनले जनाए।

प्रकाशित: १५ वैशाख २०७९ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App