१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

आर्किटेक्चर डिजाइनमा अवधारणा विकासबारे कार्यशाला

भक्तपुर – आर्किटेक्चर डिजाइनमा अवधारणा विकासबारे भक्तपुरमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीमा आर्किटेक्चर सीप विकास गर्न कार्यशाला आयोजना गरेको हो। आर्किटेक्चरको सही प्रयोगका लागि डिजाइनमा अवधारणा विकास अत्यावश्यक रहेको कलेजले जनाएको छ।

कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले आर्किटेक्चर डिजाइनमा अवधारणा विकास महत्वपूर्ण रहेको बताए। कार्यशालामा ए फर आर्किटेक्चर (एएफए)का संस्थापक आ. प्रजल प्रधान प्रमुख स्रोतव्यक्ति थिए। कार्यशालामा सहभागी विद्यार्थीले एक प्राथमिक विद्यालयको डिजाइन तयार पारेका थिए।

कार्यशालामा आवश्यकता पहिचान तथा स्थलगत अध्ययन‚ केस स्टडी र अवधारणा विकाससमेत गरी तीन चरणमा सम्पन्न गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यशालाबाट व्यवहारिक सीप सिकेको प्रतिक्रिया दिए।

कलेजका सहायक प्राध्यापक ईन्जिनियर मोहनध्वज के.सी, कलेजको आर्किटेक्चर विभागका प्रमुख आर्किटेक्ट न्हसला सायमीले विद्यार्थीलाई कार्यशालाको अभिमुखिकरण गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App