८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनको सेवामा छुट

सिटिजन्स बैंक र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा बैंकका कार्डवाहकलाई होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरूमा १० प्रतिशतसम्म छुट दिइने भएको छ। बैंक र होटलबीचको यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने मात्र होइन, नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास पनि बैंकले लिएको छ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७९ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App