५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

साइमेक्स इंक प्रालिका गाडीको मूल्य बढ्यो

विद्युतीय सवारी साधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ। कम्पनीले विगत दुई महिनाअघि देखि नै गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएकोमा मूल्य वृद्धि गरेको बताएको छ।

विशेषतः नेपालमा डलरको मूल्यसँग चीनलगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने बताउँदै सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ।

कम्पनीले अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भए पनि बीवाइडी इ सिक्समा १ लाख ५० हजार  रूपैयाँले मूल्य समायोजन गरी  नयाँ मूल्य ५९ लाख रूपैयाँ कायम गरेको जनाएको छ। साथै, एमथ्री मल्टिपर्पोज भ्यानमा १ लाख २ हजार रूपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रूपैयाँ बनाएको जनाएको छ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले सन् २०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियो त्यसमै बिक्री गरिरहेकोमा पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज   रेटमा ब्यापक वृद्धि भएका कारण मूल्य बढाउनु परेको बताए। सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउने बताए ।

प्रकाशित: १३ श्रावण २०७९ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App