२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि सवा २ अर्ब मात्र

साताका पछिल्ला दुई कार्य दिनमा लगातार गिरावट आएको नेप्से परिसूचकमा चौथो दिन सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १३.३३ बिन्दुले बढेर २०४३.९२ पुगेको हो। साताको पहिलो दिन आइतबार ५७ बिन्दुले परिसूचक बढेको थियो तर त्यसपछिका सोमबार ९.७५ र मंगलबार ४६ बिन्दुले परिसूचकमा गिरावट आएको थियो।

एक्सचेञ्जका अनुसार बुधबार २०३६ बिन्दुबाट दिनको कारोबार सुरु भएको थियो। बजार सुरु भएलगत्तै कारोबारमा आएको गिरावटले नेप्से २००६ बिन्दुमा झरेको थियो। त्यसपछिको समयमा भने कारोबारमा उतारचढाव आइरह्यो। दिनभरको कारोबारमा नेप्से न्यूनतम १९९५ बिन्दुसम्म झरेको थियो भने अधिकतम २०४७ सम्म पुगेको थियो। बजार बन्द हुँदा नेप्से २०४३ बिन्दुमा रोकिएको हो।

एक्सचेञ्जका अनुसार बुधबार नेप्सेका अतिरिक्त सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा सुधार आएको छ। सेन्सेटिभ १.६८, फ्लोट ०.९४ र सेन्सेटिभ फ्लोट ०.७२ बिन्दुले बढेका हुन्।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये १० वटाको कारोबार बढेको छ भने ३ वटाको कारोबारमा गिरावट आएको छ। कारोबारमा सुधार आउनेमा सबैभन्दा धेरै जीवन बिमा उपसूचक बढेको छ। यो उपसूचक २६६ बिन्दुले बढेको हो। जीवन बिमाबाहेक धेरैले बढ्नेमा विकास बैंक उपसूचक ७२ बिन्दु छ। अरू सबै उपसूचक ५० बिन्दुभन्दा कमले बढेका हुन्।

फाइनान्स ४२, जलविद्युत् ३३, अन्य २१, उत्पादन तथा प्रशोधन २० बिन्दुले बढेका छन्।

यस्तै कारोबारमा गिरावट आउने तीन उपसूचकमा निर्जीवन बिमा, बैंकिङ र सामूहिक लगानी कोष छन्। यी उपसूचकमध्ये सबैभन्दा धेरैले निर्जीवन बिमा ३५ बिन्दुले घटेको हो। बैंकिङ उपसमूह ०.७३ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले घटेका हुन्।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले फाइनान्स उपसूचक बढेको छ। यो २.७२ प्रतिशतले बढेको हो। सबै भन्दा कम व्यापार  उपसूचक ०.०५ प्रतिशतले बढेको छ।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले एलआइसी नेपालको सेयर मूल्य बढेको छ। यसको सेयर  १० प्रतिशतले बढेको हो। यस्तै सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ। अन्य २ कम्पनीका सेयर मूल्य पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरैले प्रतिसेयर मूल्य बढ्नेमा ३ वटा कम्पनी रहेका छन्। यी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको हो।

यस्तै रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार गुराँस फाइनान्सको भएको छ। यसको ११ करोड ७३ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै एलआईसीको ११ करोड ५२ लाख रूपैयाँ र सिभिल बैंकको १० करोड ५४ लाख रूपैयाँ कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर सिभिल बैंकको भएको छ। यसका ४ लाख ९१ हजार ८ सय ६५ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै गुराँस फाइनान्सको २ लाख ४२ हजार १ सय १० सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार बुधबार २२८ कम्पनीका ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब १७ करोड ८५ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर २९ खर्ब १५ अर्ब रूपैयाँमा पुगेको छ 

प्रकाशित: २३ असार २०७९ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App