४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सोह्र सडक योजनालाई १८ करोड बजेट

बागलुङ जिल्लाका १६ सानाठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ। बागलुङ–१ अन्तर्गत १६ नयाँ तथा पुराना सडक, स्तरोन्नति, पूर्वाधार र कालोपत्रेका लागि बजेट विनियोजन भएको छ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गत १६ सडक ओजनाका लागि आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट विनियोजन भएको बागलुङ–१ का संघीय सांसद डा. सूर्य पाठकले जानकारी दिए। उनका अनुसार विभिन्न अधुरा सडक पूरा गर्न, भौतिक पूर्वाधार निर्माण गर्न, सडकको पहिरो नियन्त्रण गर्न र केही सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन भएको जानकारी दिए।

यसैगरी मध्यपहाडी राजमार्गको अछेते–सलाम हुँदै स्वास्थ्य केन्द्र मुलठाना पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड, बागलुङ बजार–तित्याङ–शान्तिपुर सडक मर्मतका लागि ५० लाख, बागलुङ–१० गलुवा हुँदै तल्लो गलुवा–काउँरेडाँडा–देउराली हुँदै अर्बादी सडकका लागि ५० लाख र बागलुङ नगरपालिका–१ मालढुंगा–पाग्दा–लहरेबर हुँदै अमलाचौर जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड विनियोजन भएको छ। 

प्रकाशित: ३ असार २०७९ ००:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App