१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लुम्बिनीको परासीमा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कमर्शका अध्यक्ष केशवप्रसाद भण्डारीले संयुक्त रूपमा परासी शाखाको उद्घाटन गरेका छन्। उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत खालिङले परासीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने आश्वासन दिएका छन्।

बैंकले हालसम्म करिब १२ लाख ग्राहकहरू रहेको बताए। त्यस्तै १ सय १६ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १ सय ५० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा दिँदै आएको बैंकले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App