१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रमोद श्रेष्ठद्वारा सगरमाथा सफल आरोहण

नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ 'गुफी'ले सगरमाथा सफल आरोहण गरेका छन्। उनले आरोहण अप्रिल ११, २०२२ सुरु गरेका थिए। उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै जेठ १ गते आरोहण पूरा गरेका हुन्।

सगरमाथा आरोहण '८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा' अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा अप्रिल ९, २०२२ एक कार्यक्रम आयोजना गरी, कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए।

श्रेष्ठले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलतापूर्वक पुर्‍याइ फहराएका थिए। विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. लेनेपाल भर बिक्री अनुमती पाएको हो। कम्पनीले आफ्नो बिक्र, सर्भिस एवं सञ्जाल विस्तार कार्य सुरु गरिरहेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App