६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक

नयाँवर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ।

यो योजना वैशाख ०५ बाट सञ्चालनमा आएको छ। यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित २५ रूपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरूबाट फाइदा लिन सक्ने भएका छन्।

डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम –अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन्। ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन्।

बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रूपैयाँमा सुचारु गर्न सक्छन्। प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एस्ट्रिक्स ६ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन्।

सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरूप एनसेलले यी आकर्षक कम्बो प्याकहरू ल्याएको हो। यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मदत गर्ने विश्वास एनसेलले लिएको छ।

प्रकाशित: ८ वैशाख २०७९ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App