४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता

ग्लोबल मनि विक २०२२ अन्तर्गत हरेक मुलुकका महिला तथा युवा पुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल बंगलादेश बैंकको कलकत्ता शाखाले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा  वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।

उक्त कार्यक्रममा कृषक, विद्यार्थी, घरेलु तथा लघुउद्यमी व्यापारीवर्ग तथा स्थानीय जनप्रतिनिधि गरी जम्मा  एक सय ५० जनालले वित्तीय सेवासम्बन्धी जानकारी लिएका छन्। डिजिटल माध्यमबाट बैकिङ  सेवा, विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपादेयताको बारेमा कार्यक्रममा उपस्थित सहभागीलाई जानकारी दिइएको बैंकको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ एटिएमार्फत बैंकिङ सेवा दिदै आएको छ।

प्रकाशित: १३ चैत्र २०७८ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App