११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निर्माणमा ढिलासुस्ती हुनु सरकारी संयन्त्रको पनि कमजोरी: मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी छन्।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी हुन्। विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनौट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारीता र जवाफदेहिता अनिवार्य शर्त भएको उनले बताईन्। 

निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाक्रीले कानूनमा भएका विभिन्न छिद्रहरुका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरिन्। मन्त्री झाँक्रीले कुनैपनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रुपमा हेरेको बताईन्। आयोजनाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायी प्रतिवद्ध हुनुपर्ने उनले बताईन्।

प्रकाशित: २७ फाल्गुन २०७८ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App