६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलको ‘अल नेपाल भ्वाइस प्याक’

एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ। यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

अफरमा विभिन्न ६ वटा भ्वाइस प्याक प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन्। सोमबारदेखि सञ्चालनमा आएको यो अफर अन्तर्गत १४ देखि तीन सय ८५ रूपैयाँसम्म शुल्क पर्ने विभिन्न एक, तीन, सात, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकबाट फाइदा लिन सकिने कम्पनीले जनाएको छ। यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरबिना भ्वाइस सेवा लिन सकिने समेत कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

एक दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ मा लिन सक्छन् भने तीन दिन समयसीमा रहेको ६५ टक टाइम ४५ रूपैयाँमा सुचारु गर्न सक्नेछन्। त्यस्तै ९४ रूपैयाँमा सात दिनको १५० मिनेट टक टाइम खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७८ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App