१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौंभरि सिजी नेट

अब काठमाडौंका सबै भेगमा सिजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सिजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको जनाएको छ।

सिजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले अब काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध हुने जनाएका छन्। ‘हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौं,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौं।’

९ सय ९९ रूपैयाँमै १२० एमबिपिएस गति सहितको योजनाबाट सुरुआत गरेको सिजी नेटले ६ सय ४९ रूपैयाँ मै ५० एमबिपिएस गतिको इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ। नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ। गत जेठमा काठमाडौंका सीमित क्षेत्रबाट इन्टरनेट सेवाको सुरु गरेको सिजी नेटले हाल काठमाडौंका १० हजारभन्दा बढी ग्राहकलाई इन्टेरनेट सुविधा दिइरहेको छ।

प्रकाशित: १९ पुस २०७८ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App