सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। योसँगै खाना पकाउने ग्यासको पनि मूल्य बढाएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याएको छ।
बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ ।
प्रकाशित: २४ कार्तिक २०७८ १५:१२ बुधबार