९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल बैंकर्स सङ्घको अध्यक्षमा कृषि विकास बैंकका सिइओ

नेपाल बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन्। सङ्घको ३५औँ साधारणसभामार्फत आज नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो। उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।  

सङ्घको उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिक केसी, सङ्घको सदस्यमा लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह, मेघा बैंकका सिइओ अनुफमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सिइओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सिइओ कृष्ण अधिकारी, एनआइसी एसियाका सिइओ रोशन न्यौपाने, माछापुच्छ्रे« बैंकका सिइओ सन्तोष कोइराला र सनराइज बैंकका सिइओ सुमन शर्मा चयन भएका छन्।  

सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्।

प्रकाशित: २३ कार्तिक २०७८ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App