६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: तत्काल परीक्षण उडानको व्यवस्था मिलाउन माग

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल छिटो संचालनमा ल्याउन माग गर्दै बुटवल उद्योग बाणिज्य संघले गरेको पत्रकार भेटघाट कार्यक्रम। तस्बिर:नागरिक

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल परीक्षण उडानको व्यवस्था गर्न माग गरेको छ। बिमानस्थल संचालनमा ढिलाइ नगर्न आग्रह गर्दै संघले यथासिघ्र सञ्चालनको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको हो।

हालसम्म ९८ प्रतिशत निर्माण कार्य पुरा भएको भनिएको बिमानस्थल क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाई भएको भन्दै संघले थाईल्याण्डको एरोथाई कम्पनीले समयमै परीक्षण उडान नगरे अन्य विकल्पको खोजी गरी यथाशक्य चाडो विमानस्थल सञ्चालनको प्रवन्ध मिलाउन सुझाव दिएको छ।

बुटवल उद्योग बाणिज्य संघको टोलीले केही दिन अघि विमानस्थलको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनमा क्रममा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बिमानस्थल निर्माणको काम करिव पुरा भएको र क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) को लागि थाईल्याण्डको एरोथाई कम्पनी तयार नहुँदा सञ्चालन अनिश्चित बनेको बताएका थिए।

संघका अध्यक्ष उज्ज्वल कससूले एरोथाई कम्पनीले समयमै परीक्षण उडान गर्न नसके अन्य विकल्पको खोजी गरी विमानस्थल समयमै सञ्चालनको प्रवन्ध मिलाउन सरकारलाइ आग्रह गरे।विमानस्थल संचालनमा ढिलाइ हुँदा यस क्षेत्रको पर्यटन उद्योगमा ठुलो असर पर्ने भन्दै उनले कोरोनाका कारण जोखीममा परेको अर्बौको लगानी संरक्षणकालागि छिटो संचालनमा जोड दिनुपर्ने बताए।  

अन्तराष्ट्रिय बिमानस्थल संचालनमा आए पर्यटन क्षेत्रकासाथै  व्यापार विस्तार गर्न र कार्गो विमानमार्फत यस क्षेत्रका कृषिजन्य उत्पादन कफि, फलफूल, जडिबुटी तथा खाद्यान्न निर्यातको ढोका खुल्ने संघका अध्यक्ष कसजूले बताए। पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव मुक्ति अधिकारी लगायतले बोल्दै सिंगो मुलुकको आर्थिक विकास र अन्तराष्ट्रिय पर्यटन र व्यापार प्रवद्र्धन गर्नका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशक्य चाडो सञ्चालनमा ल्याउन सरकारको ध्यान जानु पर्नेमा जोड दिए।  

२ वर्षमा निर्माण सम्पन्न गर्नेगरी १५ जनवरी २०१५ मा शिलान्यास भएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पटक पटक समय थप गर्दै ६ वर्ष वितिसक्दा पन अझै निर्माण पुरा हुन सकेको छैन । संघले अव समय थप गर्ने भन्दा पनि पछिल्लो पटक थप भएको समयसिमा भित्रै सञ्चालनको प्रवन्ध मिलाउन सरकारसंग आग्रह गरेको हो।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बिमानस्थल निर्माणको काम करिब ९८ प्रतिशत सकिएको बताए ।  अवको ३ महिनामा निर्माणका सबै काम सकिने र क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान)को काम मात्रै बाँकी हुने उनले बताए। अधिकारीका अनुसार क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) को लागि सम्झौता गरीएको थाईल्याण्डको एरोथाई कम्पनीले बिभिद कारण देखाउँदै परिक्षण उडानकालागि तयार नहुँदा संचालन अनिश्चित बनेको छ।  

अन्तिम अवस्थामा नयाँ ठेक्कामा जाँदा झन धेरै समय लाग्ने भएकाले ‘जि टु जि’ (सरकार–सरकार) बाट भएपनि परीक्षण उठानकालागि व्यवस्था मिलाउने प्रयास भइरहको आयोजना प्रमुख अधिकारीले बताए । थाईल्याण्डकै प्रविधी जडान भएकाले सकेसम्म सम्झौता अनुरुप एरोथाई कम्पनीले नै परिक्षण उडानको काम गरोस भन्ने आयोजनाको चाहना रहेको अधिकारीले बताए।

प्रकाशित: १८ भाद्र २०७८ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App